भारतद्वारा पाकिस्तानमा मिसाइल हमला, कम्तीमा ३१ जनाको ज्यान गयो

काठमाडौँ । भारत प्रशासित कश्मीरमा पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका विभिन्न स्थानमा शृंखलाबद्ध हवाई हमला गरेको छ । भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जनाको ज्यान गएको छ । लगत्तै पाकिस्तानी सेनाले गरेको गोलाबारीमा १५ जनाको मृत्यु भएको छ ।

पहलगाममा २२ अप्रिलमा २६ पर्यटकको ज्यान लिएका हमलाकारीलाई जवाफदेही बनाउने प्रतिबद्धताको एक हिस्साका रूपमा बुधबार बिहान ‘अपरेसन सिन्दूर’ सुरु गरिएको भारतीय रक्षा मन्त्रालयले जनाएको छ ।

नयाँदिल्लीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा विदेश सचिव विक्रम मिस्री, कर्णेल सोफिया कुरेसी र विङ कमान्डर व्योमिका सिंहले अपरेसनको विवरण सार्वजनिक गरेका थिए । उनीहरूका अनुसार भारतीय सेनाले बुधबार बिहान १ बजेर ५ मिनेटदेखि २५ मिनेटसम्म हमला गरेको हो । पाकिस्तानका ९ स्थानमा रहेका ‘आतंककारी संरचना’ लाई निसाना बनाइएको भारतको दाबी छ ।

लस्कर–ए–तैयबा, जैस–ए–मोहम्मद र हिजबुल मुजाहिद्दिनका मुख्य संरचनालाई लक्ष्य गरिएको थियो । भारतीय सेनाकी विङ कमान्डर सिंहका अनुसार मुजफ्फराबादस्थित सवाई नल्लाह र सेधना बिलाल क्याम्प, कोटलीस्थित मर्काज अब्बास र मस्कर राहिल शाहिद गुलपुर क्याम्प तथा भिम्बेरस्थित मर्काज अहल हादिथमा हवाई हमला गरिएको थियो । सियालकोटस्थित सरिजल र मेहमुना जोया क्याम्प, बहावलपुरस्थित मर्काज सुबहन अल्लाह र मुरिदकेस्थित क्याम्पलाई पनि भारतीय सेनाले निसाना बनाएको थियो ।

मुजफ्फराबाद पाकिस्तान प्रशासित कश्मीरको राजधानी हो । कोटली र भिम्बेर भारत र पाकिस्तानबीचको नियन्त्रित सीमारेखा ‘एलओसी’ नजिकै पर्छन् । कश्मीरबाट ४८ किलोमिटरमा पर्ने सियालकोट र १ सय १५ किलोमिटरमा पर्ने शकरगढ पञ्जाब प्रान्तका सहर हुन् ।

पञ्जाब प्रान्तकै बहावलपुर र मुरिदके क्रमशः ५ सय ५७ र १ सय ९२ किलोमिटरको दूरीमा छन् । ‘पहलगाम हमलाको प्रत्यक्ष बदलामा आतंकवादीका ९ क्याम्पलाई लक्ष्य गरी हमला गरिएको हो र ती सबै ध्वस्त भएका छन्,’ सिंहले भनिन् । पाकिस्तानका सैन्य प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय सेनाको हमलाबाट कम्तीमा ३१ जना मारिएको र ५७ जना घाइते भएको पुष्टि गरेका छन् ।

भारतीय हमलालगत्तै पाकिस्तानी सेनाले गोलीबारी गर्दा कम्तीमा १५ जनाको मृत्यु हुनुका साथै ३२ जना घाइते भएको बीबीसी हिन्दीलगायत भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सेनाका अनुसार ज्यान गुमाउनेहरू सबै भारत प्रशासित कश्मीरको पुँछ जिल्लाका हुन् । पुँछ ‘एलओसी’ नजिकै पर्छ ।

पाकिस्तानी सेनाले पाँच भारतीय विमान र एक ड्रोन खसालेको दाबी गरेको छ । तर यसको पुष्टि हुन सकेको छैन । पाकिस्तानको दाबीबारे भारतले कुनै प्रतिक्रिया जनाएको छैन ।

भारतीय हमलामा उग्रवादी समूह जैस–ए–मोहम्मदका संस्थापक तथा कमान्डर मसुद अजहरको परिवारका १० सदस्यसहित १४ जना मारिएका छन् । पाकिस्तानको बहावलपुरस्थित सुभान अल्लाह मस्जिदमा भारतले गरेको हमलामा उनीहरूको ज्यान गएको हो ।

Missile attack by India on Pakistan

जैस–ए–मोहम्मदका तर्फबाट बुधबार जारी विज्ञप्तिअनुसार अजहरका दिदी र भिनाजु, भतिजा र उनकी श्रीमती, एक भतिजी र उनको परिवारका पाँच बच्चाको ज्यान गएको छ । हमलामा उनीहरूका तीन सहयोगी र एक सहयोगीकी आमाको पनि ज्यान गएको जैस–ए–मोहम्मदले जनाएको छ । जैस–ए–मोहम्मदले फेब्रुअरी २०१९ मा भारत प्रशासित कश्मीरमा गरेको आत्मघाती बम विस्फोटमा ४० सैनिकको ज्यान गएको थियो ।

विश्वसनीय गुप्तचर जानकारीका आधारमा सर्वसाधारणको ज्यान र पूर्वाधारलाई क्षति नपुग्ने गरी ‘अपरेसन सिन्दूर’ चलाइएको भारतीय सेनाका विङ कमान्डर सिंहको भनाइ छ । ती स्थानमा पाकिस्तानी सेना र आईएसआईले ‘आतंककारी’लाई तालिम दिन विशेष सेवा समूह परिचालन गरेको भारतीय अधिकारीहरूले दाबी गर्दै आएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेसन सिन्दूर’ सञ्चालन गरिएकामा भारतीय सशस्त्र बलहरूको प्रशंसा गरेका छन् । पहलगाम घटनापछि मोदीले हमलाकारीलाई पृथ्वीको कुनै पनि स्थानमा गए पनि नछाड्ने चेतावनी दिएका थिए । ‘अपरेसन सिन्दूर’ सुरु गरिएको केही घण्टापछि बसेको मन्त्रिपरिषद् बैठकमा रक्षामन्त्री राजनाथ सिंहले हमलाबारे जानकारी गराएका थिए । त्यसपछि मन्त्रिपरिषद्का सबै सदस्यले हमलाको स्वागत गरेका थिए ।

रक्षामन्त्री सिंहले हवाई हमलाका विषयमा स्थल, जल तथ वायुसेनाका प्रमुखहरूसँग छलफलसमेत गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय गृहमन्त्री अमित शाहले पनि सीमावर्ती राज्यका मुख्यमन्त्री, मुख्य सचिव र शीर्ष प्रहरी अधिकारीसँग बैठक गरेका छन् । बैठकमा पञ्जाब, राजस्थान, गुजरात, उत्तराखण्ड, उत्तर प्रदेश, बिहार, सिक्किम, पश्चिम बंगालका मुख्यमन्त्री तथा संघ प्रशासित लद्दाख, जम्मु र कश्मीरका उपराज्यपाल उपस्थित थिए ।

पत्रकार सम्मेलनमा भारतका विदेश सचिव विक्रम मिस्रीले ‘सीमापारिबाट हुने हमलाको जवाफ दिने र त्यसको प्रतिरोध गर्ने आफ्नो अधिकार प्रयोग गर्दै’ पाकिस्तान र पाकिस्तानका ‘आतंकवादी अखडा’ मा हमला गरेको बताए । ‘दुई साताअघिको आतंकवादी हमला भारत प्रशासित कश्मीरमा सामान्य जनजीवन प्रभावित तुल्याउने उद्देश्यबाट प्रेरित थियो,’ उनले भने ।

भारत प्रशासित कश्मीरको भ्रमणमा गत वर्ष २ करोड २५ लाखभन्दा बढी पर्यटक पुगेको उल्लेख गर्दै मिस्रीले स्थानीय अर्थतन्त्रको मुख्य आधार रहेको पर्यटन क्षेत्रलाई धराशायी बनाउन पहलगाममा दुई साताअघि आतंकवादी हमला गरिएको दाबी गरे । पाकिस्तानले ‘आतंकवादी पूर्वाधार’ नष्ट गर्न कुनै कदम नचालेको आरोप पनि उनले लगाए । पहलगाम हमलामा ‘द रेसिस्टेन्स फ्रन्ट’ (टीआरएफ) संलग्न रहेको र त्यो पाकिस्तानमा आधारित आतंकवादी समूह लस्कर–ए–तैयबाको एउटा मोर्चा भएको मिस्रीले बताए ।

पहलगाम घटनामा दुई हमलाकारी पाकिस्तानी नागरिक रहेको र पाकिस्तानले उनीहरूलाई समर्थन गरेको भारतीय प्रहरीको आरोप छ । पाकिस्तानले भने पहलगामको आतंकवादी हमलामा आफ्नो कुनै संलग्नता नभएको बताउँदै आएको छ ।

Missile attack by India on Pakistan

भारतको प्रमुख विपक्षी दल कंग्रेसका प्रमुख मल्लिकार्जुन खड्गेले पनि ‘अपरेसन सिन्दूर’ लाई समर्थन गरेका छन् । ‘राष्ट्रिय एकता र ऐक्यबद्धता समयको आवश्यकता हो,’ उनले भनेका छन्, ‘गत महिना भारत प्रशासित कश्मीरमा भएको हमलापछि कंग्रेस पार्टी सीमापार आतंकवादविरुद्ध कुनै पनि निर्णायक कारबाहीमा सशस्त्र सेना र सरकारको साथमा स्पष्ट रूपमा उभिएको छ ।’ अल इन्डिया म