एमालेबाट ५९ जना नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा, भीम रावललाई साथ दिने (नामावलीसहित)

धनगढी । नेकपा एमालेले भीम रावललगायत नेताहरूलाई निष्कासन गरेसँगै नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। रावलसँगै नेताहरूलाई पार्टीबाट निष्कासन गरेपछि असन्तुष्टि जनाउदै एमालेको विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताहरूले सामूहिक राजीनामा दिएका हुन् ।

रावलले सञ्चालन गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गर्दै एमाले परित्यागको उनीहरूले घोषणा गरेका छन् । उनीहरूले प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।

अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेको २०८१ पुस १० गतेको सचिवालय बैठकले पार्टीबाट निष्कासन गरेको थियो । रावलको पक्षमा खुलेकाहरुले यो निर्णय ‘स्वेच्छाचारी’ र एमाले अध्यक्ष केपी शर्मा ओलीको ‘सत्ता उन्मादी’ भनेर आलोचना गरेका छन् ।

‘समाजवाद त टाढाको कुरा भयो, देशभक्ति र जनताप्रतिको प्रतिवद्धता समेत नष्ट गरिएको छ,’ एमाले त्यागेको भन्दै उनीहरुले विज्ञप्तिमा लेखेका छन्, ‘कम्युनिष्ट र समाजवादका विरोधीहरुसँग घाँटी जोड्दै पार्टीलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन यात्रामा धकेल्ने केपी ओली गुटको नेतृत्वमा इमान्दार र देशभक्त सदस्यहरुले बसिरहनुको कुनै औचित्य छैन ।’

रावललाई भेटेको भन्दै दुई नेतालाई कारबाहीको सिफारिस

रावललाई भेटेको भन्दै एमाले कैलाली जिल्ला कमिटीले पूर्व मन्त्रीसहित दुई नेतालाई कारबाहीको सिफारिस गरेको छ। एमाले जिल्ला कमिटीको शनिबार बसेको बैठकले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य तथा गोदावरी नगरपालिकाका इन्चार्ज भीष्म सुवेदीलाई कारबाहीको सिफारिस गरेको हो।

कृष्णराज सुवेदीलाई साधारण सदस्यसमेत नरहने गरी र भीष्म सुवेदीलाई जिम्मेवारी मुक्त गर्दै साधारण सदस्यसमेत नरहने गरी कारबाहीको सिफारिस गरिएको बताइएको छ। कारबाही सिफारिस गरिएका कृष्ण र भीष्म बाबुछोरा हुन्।

कारबाही सिफारिस भएका कृष्णराज सुवेदीले भीम रावल आफ्नो आदरणीय नेता भएर भेट्न गएको बताएका छन्। नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन भए पार्टी स्वेच्छाचारी बन्दै गएको उनले टिप्पणी गरेका छन्।

हेर्नुहोस् संयुक्त विज्ञप्तिमा उल्लेख गरिएका नाम–

क्र.सनाम, थरजिम्मेवारी कमिटीपदहस्ताक्षरकैफियत
१रमेश बहादुर कुँवरनेकपा एमाले केन्द्रीय पर्यटन विभागसदस्य
२चक्र रावलनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
३जंग विकनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
४केशर मियाँनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
५निर्मला रावलनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
६दुधकला विष्टनेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीसदस्य
७दिपक सुनारनेकपा एमाले प्रदेश कमिटी आर्थिक विभागसदस्य
८हर्क कुँवरनेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकारसदस्य
९सुशिला वोगटीनेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकारसदस्य
१०सुरत भुलनेकपा एमाले सुदूरपश्चिम प्रदेश सल्लाहाकारसदस्य
११प्रकाश शाहनेकपा एमाले सचिवालय सदस्य तथा संगठन विभागसदस्य
१२सागर सिंह बाब्लीनेकपा एमाले सचिवालयसदस्य
१३प्रेम खत्रीनेकपा एमाले सचिवालयसदस्य
१४मान बहादुर गीरीनेकपा एमाले सचिवालयसदस्य
१५डबल ठकुल्लानेकपा एमाले सचिवालयसदस्य
१६सुरेन्द्र शाहीनेकपा एमाले सचिवालयसदस्य
१७बल बहादुर कुँवरनेकपा एमाले जिल्ला कमिटीसदस्य
१८रतन बहादुर रावलनेकपा एमाले जिल्ला कमिटीसदस्य
१९टंक रावलनेकपा एमाले जिल्ला à