त्रिकोणात्मक सिरिज- नेपाल र नेदरल्याण्ड्स खेल्दै

काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले आज नेदरल्याण्ड्ससँग खेल्दै त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको सुरुवात गर्दैछ ।
कीर्तिपुरस्थित टियु मैदानमा हुने त्रिकोणात्मक सिरिजमा घरेलु टोलीको इतिहासमा नै पहिलो पटक नेदरल्याण्ड्सको सामना गर्दैछ । खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेल्न लागेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।
सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । महिला टि ट्वान्टी आई वरियतामा नेपाल २०औं, थाइल्याण्ड १३ औं रनेदरल्याण्ड्स १६औं स्थानमा छ ।
सिरिजमा सहभागी टोलीले एकअर्कासँग समान ३ पटक खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।
सिरिजमा नेपाली टोलीको खेलतालिका
३० जनवरी (माघ १७ गते) – नेदरल्याण्ड्ससँग
१ फेब्रुअरी (माघ १९ गते) – थाइल्याण्डसँग
२ फेब्रुअरी (माघ २० गते) – नेदरल्याण्ड्ससँग
४ फेब्रुअरी (माघ २२ गते ) – थाइल्याण्डसँग
५ फेब्रुअरी (माघ २३ गते) – नेदरल्याण्ड्ससँग
७ फेब्रुअरी (माघ २५ गते)– थाइल्याण्डसँग
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर




प्रतिकृया दिनुहोस्