बंगलादेशी राष्ट्रपतिले गरे संसद भंग, युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
काठमाडौं । बंगलादेशका राष्ट्रपति मोहम्मद शहाबुद्दीनले त्यहाँको संसद् विघटन गरेका छन् । तीन सेनाका प्रमुख, विभिन्न राजनीतिक दलका नेता, नागरिक समाज, विद्यार्थीका प्रतिनिधिलगायतकासँगको छलफलपछि संसद् विघटन गरिएको हो ।
मंगलबार राष्ट्रपति महममद शाहबुदिनले संसद भंग गरेको बंगलादेशको अखबार डेली स्टारले उल्लेख गरेको छ ।
आधा वर्ष अगाडि मात्रै चुनाव भएर बुहमत ल्याएकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर भारत शरणमा पुगेको भोलिपल्ट संसद विघटन भएको खबर सार्वजनिक भएको हो ।
अहिलेको संसद बंगलादेशको १२ औँ संसद हो । गत जनवरी ७ मा भएको चुनावबाट यो संसद चलन भएको थियो ।
युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान
विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।
प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् । ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राति २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गरेका थिए ।
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरु गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजीनामा दिन बाध्य बनाएको हो ।
बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राति नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गरेका हुन् ।
यसैबिच, बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्किने बताएका छन् ।
उनले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउँदै उनले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गरे ।
मिर्जा फक्रुलले आफ्नो पार्टी नेतृ बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जनाए ।
प्रतिकृया दिनुहोस्