May 13, 2025, Tuesday
३० बैशाख २०८२, मंगलवार

टि- ट्वान्टी सिरिज : भारतले श्रीलंकालाई सुपर ओभरमा पुगेर हरायो

काठमाडौं । भारतले श्रीलंकाविरुद्धको टि- ट्वान्टी सिरिजको अन्तिम खेलमा मंगलबार सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ ।

निर्धारित २० ओभरको खेलमा दुबै टोलीले समान १ सय ३७ रन‌ बनाएपछि खेल सुपर ओभरमा गएको थियो। सुपर ओभरमा पहिले ब्याटिङ गरको श्रीलंकाले २ रन मात्र बनायो ।

जवाफमा भारतका लागि कप्तान सूर्यकुमार यादवले पहिलो बलमा चौका प्रहार गर्दै टोलीलाई सहजै जित दिलाएका थिए।

त्यसअघि भारतले दिएको १ सय ३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो ।

श्रीलंकाको लागि कुशल परेराले सर्वाधिक ४६ रन, ओपनर कुलश मेन्डिसले ४३ र पाथुम निशंकाले २६ रन जोडेका थिए । भारतका सुन्दरसँगै रवि विश्नोइ, रिंकु सिंह र सुर्यकुमार यादवले समान २ विकेट लिएका थिए।

भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १ सय ३७ रन बनाएको थियो । भारतको लागि ओपनर शुभमन गिलले सर्वाधिक ३९ रन बनाएका थिए । रियान परागले २६ र सुन्दरले २५ रन जोडेका थिए । श्रीलंकाका महिशा थिक्सेनाले सर्वाधिक ३ विकेट हात पारे ।

योसँगै भारतले टि ट्वान्टी सिरिज ३-० ले क्लीन स्वीप गरेको छ । घरेलु टोली श्रीलंका र भारतबीच अब एकदिवसीय सिरिज हुनेछ । एकदिवसीय शृंखला अगस्ट २ देखि सुरु हुनेछ ।