टि-२० विश्वकप : सेमिफाइनलमा इंग्ल्यान्डले टस जित्यो,भारतले पहिले ब्याटिङ गर्दै

काठमाडौं । आइसीसी टि-२० विश्वकप अन्तर्गत दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले टस जितेर पहिलो फिल्ड गर्ने भएको छ । भारतले पहिलो ब्याटिङको निम्तो पाएको छ ।
प्रतियोगितामा अपराजित रहेको भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । इंग्ल्यान्डले सुरुवाती खेलमा बेन्चमा रहेका साम करनलाई आजको खेलमा पनि समावेश गरेको छ ।
भारत: रोहित शर्मा, विराट कोहली, ऋषभ पन्त, सूर्यकुमार यादव, शिवम दुवे, हार्दिक पानद्या, अक्षर पटेल, रविन्द्र जडेजा, अर्शदिप सिंह, कुलदिप यादव, जसप्रित बुमराह
इंग्ल्यान्ड : जस बटलर, फिल साल्ट, जोनी बेरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिंगस्टोन, साम करन, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदील रशिद, रिस टप्ली
यस खेलको विजेताले दक्षिण अफ्रिकासँग फाइनल खेल्नेछ ।
प्रतिकृया दिनुहोस्