February 24, 2024, Saturday
१२ फाल्गुन २०८०, शनिबार

नेपाल अफगानिस्तानको‌ सामना गर्दै : सुपर सिक्समा पुग्न दुबै टिमलाई जित्नै पर्ने दबाब

काठमाडौँ । आईसीसी यू-१९   विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा आज नेपालले अफगानिस्तानविरुद्ध खेल्दै छ । यसअघिका दुवै खेलमा पराजित भएकाले सुपर सिक्समा प्रवेश गर्न नेपाललाई आज जित्नै पर्नै दबाब छ । 

अघिल्ला दुबै खेल गुमाइसकेका दुई टोलीबीचको विजेता सुपर सिक्समा पुग्नेछ। खेल नेपाली समय अनुसार दिउँसो १ः४५ बजे बफेलो पार्क इस्ट लन्डनमा सुरु हुनेछ ।

समूह ‘ डी’ को पहिलो खेलमा न्युजिल्यान्डसँग ६५ रन पराजित नेपालले पाकिस्तानसँगको‌ अर्को खेल ५ विकेटले गुमाएको थियो ।

यता, सुपर सिक्समा प्रवेशका निम्ति अफगानिस्तान पनि जितको दबाबमा छ । अफगानिस्तान पाकिस्तानसँग १ सय ८१ र न्युजिल्यान्डसँग १ विकेटले पराजित भएको थियो । नेपाल र अफगानिस्तानबीचको विजेता टोली सुपर सिक्समा‌ पुग्नेछ । पराजित टोलीले १३ देखि १६ औं स्थानको लागि प्लेअफ खेल्नुपर्ने हुन्छ ।

नेपाल र अफगानिस्तान यू-१९ विश्वकपमा पहिलो पटक‌ एकअर्काविरुद्ध उत्रदैछन्‌ ।