न्यूरोडबाट सात किलो सुनसहित कैलाली एकजना पक्राउ

काठमाडौं । न्यूरोडबाट सात किलो सुनसहित एकजना पक्राउ परेका छन् । प्रहरीले काठमाडौंको न्यूरोडमा रहेको ओमपाल गोल्ड शप प्रालिसँगैको कारखानामा छापा मार्दा अवैध करिब सात किलो सुन सहित एकजना पक्राउ गरेको हो ।
सुन कैलाली घर भइ नागार्जुन बस्ने पदम पाण्डेको रहेको प्रहरीले आशंका गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाण्डेलाई पक्राउ गरेको छ । प्रहरीले सुनबारे थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ ।
बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिएका छन् ।
बरामद भएको सुनमध्ये केही गहना र केही विस्कुट आकारका रहेको कार्यालयका एसपी रविन्द्र रेग्मीले जानकारी दिए । “सुनको एकिन तौल आएको छैन । करिब सात किलो भन्ने छ । हामी थप अनुसन्धान गर्दैछौँ,” एसपी रेग्मीले भने ।
यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो । त्यसअघि विद्युतीय सिगरेट (भेप) मा लुकाएर समेत ९ किलो सुन तस्करी भएको थियो ।
यी तस्करी प्रकरणहरुबारे छानबिन गर्न सरकारले उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति पनि बनाएको छ । समितिले अहिले यसअघिका सुन प्रकरणमा मुछिएकाहरुलाई कारागारबाट झिकाएर बयान लिइरहेको छ ।
प्रतिकृया दिनुहोस्